२१ हजार कर्मचारीले गराउँदैछन् गण्डकीका २ हजार ३९६ मतदान केन्द्रमा चुनाव
सारांश
- गण्डकी प्रदेशमा आगामी निर्वाचनका लागि २,३९६ मतदान केन्द्रबाट मतदान हुँदैछ।
- निर्वाचन सम्पन्न गर्न २१ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ, जसमा कर्मचारी र स्वयंसेवक छन्।
- मुस्ताङ र मनाङका केही स्थानमा हिमपातको समस्या भए पनि मौसममा सुधार आएको छ।
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेश तयार भएको छ । प्रदेशभर २ हजार ३ सय ९६ वटा मतदान केन्द्रबाट मतदान हुँदैछ । यो निर्वाचन गराउन झन्डै २१ हजार जनशक्ति परिचालन गरिएका छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेशभर कुल २१ हजार ४ सय १५ जना जनशक्ति खटाइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । जसमा १४ हजार ३ सय ५० जना कर्मचारी र ७ हजार ६५ जना स्वयंसेवक छन् ।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरू मतपत्र लगायतका निर्वाचन सामग्री बुझेर आ–आफ्नो मतदान स्थलमा पुगिसकेका छन् । विशेष गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङ्ता गाउँ र मनाङको नारफू गाउँपालिकाका नार तथा फू गाउँमा हिमपातका कारण समस्या हुन सक्ने आङ्कलन गरिएको छ ।
यद्यपि, मौसममा सुधार आएकोले बाटो खुलाएर तोकिएकै स्थानमा मतदान गर्न लागिएको छ । त्यहाँ पनि मतदानका लागि खटिएका कर्मचारीहरू पुग्ने क्रममा छन् । गोरखा, म्याग्दी, मुस्ताङ र मनाङका ३ हजार मिटरभन्दा माथि रहेका मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई लेक लाग्ने जोखिम हुन सक्ने भन्दै आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन समेत गरिएको छ ।
मतदान केन्द्र र कर्मचारीको सुरक्षाका लागि तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार मतदान स्थलको संवेदनशीलता हेरी भित्री घेरामा न्यूनतम ८ देखि ३० जनासम्म नेपाल प्रहरी खटिनेछन् । त्यसको बाहिरी घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा पहरा दिनेछन् ।
यसपटक गण्डकी प्रदेशमा १ हजार २ सय ९७ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । जहाँबाट १८ लाख ७० हजार ६५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । यसबाहेक प्रदेशमा २१ हजार ६ सय ९३ अस्थायी मतदाता छन् । यसका लागि प्रदेशभर १७ वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्रसहित कुल २३४ उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण