सात महिनामा १ अर्ब ६३ करोड रुपैयाँको मदिरा आयात
मङ्गलबार, १९ फागुन २०८२, ११ : ५४
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म (सात महिना) मा १ अर्ब ६३ करोड रुपैयाँको मदिरा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १९ लाख ७ हजार ८८८ लिटर मदिरा आयात हुँदा १ अर्ब ६३ करोड ४७ लाख ६८ हजार रुपैयाँ बाहिरिएको छ ।
उक्त परिमाणमा मदिरा आयात हुँदा २ अर्ब ६३ करोड ३४ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कुल आयातमध्ये १ अर्ब २२ करोड ५८ लाख ८८ हजार रुपैयाँको ५ लाख ५० हजार ४१९ लिटर ह्विस्की, ४ करोड ५९ लाख ३९ हजार रुपैयाँको ३६ हजार ७२ लिटर भोड्का, ९ लाख ८८ हजार रुपैयाँको ८०५ लिटर रम आयात भएको छ । र अन्य मदिरा ३६ करोड १९ लाख ५२ हजार रुपैयाँको १३ लाख २० हजार ५४७ लिटर आयात भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण