अमेरिकासँग अनन्त कालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डार छ: ट्रम्प
मङ्गलबार, १९ फागुन २०८२, ११ : ५७
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग अनन्तकालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डारण रहेको दाबी गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत उनले अमेरिका हतियारले भरिपूर्ण रहेको र ठूलो जित हासिल गर्न तयार रहेको बताएका हुन्।
वासिङ्टन डीसीको समयअनुसार गएराति एक पोस्ट गर्दै ट्रम्पले अमेरिकासँग मध्यम र उच्च-मध्यम स्तरका'हतियारहरूको प्रचुर भण्डार रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'यिनै हतियारहरूको मात्र प्रयोग गरेर पनि युद्धहरू अनन्तकालसम्म लड्न सकिन्छ।'
इजरायलसँग मिलेर अमेरिका इरानसँगको आक्रमणमा रहेका बेला ट्रम्पबाट यो भनाइ आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण