जोर्डन, बहराइन र इराकबाट गैरआवश्यक सरकारी कर्मचारी हटाउन अमेरिकाको आदेश
सारांश
- अमेरिकी विदेश मन्त्रालयले सुरक्षा चिन्ताका कारण जोर्डन, बहराइन र इराकमा रहेका कर्मचारी फिर्ता बोलायो।
- इरानबाट हुन सक्ने ड्रोन र मिसाइल आक्रमणको जोखिमका कारण कर्मचारी फिर्ता बोलाइएको हो।
- इराकमा हिंसा र अपहरणको उच्च जोखिम रहेको भन्दै अमेरिकाले गैर-आवश्यक कर्मचारी हटाएको छ।
वासिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयले सुरक्षा चिन्ताका कारण जोर्डन, बहराइन र इराकमा रहेका गैर–आवश्यक अमेरिकी सरकारी कर्मचारी तथा उनीहरूको परिवारलाई अनिवार्य रूपमा फिर्ता हुन आदेश दिएको छ । विदेश मन्त्रालयका अनुसार जोर्डन र बहराइनमा रहेका कर्मचारीहरू इरानबाट हुन सक्ने ड्रोन तथा मिसाइल आक्रमणको निरन्तर जोखिममा छन् ।
साथै, व्यावसायिक उडानमा ठुलो अवरोध र सम्भावित आतंकवादी हमलाको खतरा पनि औँल्याइएको छ । इराकको हकमा मन्त्रालयले हिंसा र अपहरणको उच्च जोखिम रहेको चेतावनी दिएको छ ।
अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि यी तीन दूतावासबाट गैर–आवश्यक कर्मचारी हटाउने यो पहिलो निर्णय हो । यसले इरानको प्रतिकारात्मक कदमसँगै क्षेत्रभर सुरक्षा जोखिम बढेको सङ्केत गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी सैन्य तथा कूटनीतिक संरचनाहरू विशेष लक्ष्य बन्न सक्ने आकलन गरिएको छ । साथै, व्यावसायिक उडान अवरुद्ध भइरहेकाले केही अमेरिकी नागरिकलाई क्षेत्र छाड्न कठिन हुन सक्ने चेतावनी पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण