मौन अवधिमा पनि सुदूरपश्चिममा फेसबुकबाटै मागिँदै छ भोट
सारांश
- प्रतिनिधि सभा निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ, जसमा उम्मेदवार र कार्यकर्ताहरूले शान्त रहनुपर्छ।
- सुदूरपश्चिममा डिजिटल दुनियाँमा मौन अवधिको पालना भएको देखिएको छैन, तर निर्वाचन आयोगले यसको निगरानी गरिरहेको छ।
- सामाजिक सञ्जालमा प्रचारप्रसार सामग्री पोस्ट वा सेयर गर्न नपाइने भएपनि, उम्मेदवार र कार्यकर्ताले यसको उल्लंघन गरिरहेका छन्।
धनगढी । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ। मौन अवधिमा उम्मेदवार, दलका नेता र कार्यकर्ताहरू शान्त बस्नुपर्ने हो। मतदातालाई शान्त भएर निर्णय लिन दिने समय हो यो।
तर, सुदूरपश्चिममा भौतिक रूपमा झन्डा बोकेर हिँड्ने क्रम रोकिए पनि डिजिटल दुनियाँमा मौन अवधिको पालना भएको देखिँदैन।
निर्वाचन आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी वा अन्तरक्रिया गर्न पाइँदैन। यो नियम भौतिक उपस्थितिका लागि मात्र होइन, भर्चुअल (अनलाइन) माध्यमका लागि पनि उत्तिकै लागू हुन्छ।
आयोगले स्पष्ट रूपमा भनेको छ–‘सामाजिक सञ्जाल, अनलाइन वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न पाइने छैन।’ अर्थात्, फेसबुक, ट्विटर वा टिकटकमा ‘फलनालाई भोट दिऔँ’ भनेर लेख्न वा पुरानो भिडियो सेयर गर्न पनि पूर्णतः मनाही छ।
तर यहाँका कैयन् उम्मेदवार र तिनका कार्यकर्ताले सामाजिक सञ्जाललाई प्रचारको मुख्य अस्त्र बनाइरहेका छन्। मोबाइलमा पनि प्रचारको घण्टी बजिरहेकै छ।
उम्मेदवारहरूले आफ्नो आधिकारिक पेजबाट वा कार्यकर्तामार्फत मत माग्ने अपिलहरू पोस्ट गर्ने क्रम रोकेका छैनन्। कसैले भोट आफ्नो पार्टीमा दिन भन्दै पोस्टर हालिरहेका छन् त कसैले चुनाव चिन्ह अंकित फोटोहरू सेयर गरिरहेका छन्। निर्वाचन आयोगले यसबारे निगरानी भएको भन्दै मौन अवधिको पालना नभएमा कारबाही हुने स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण