भारतसँग एक महिनालाई पनि छैन तेल स्टक, इरानको चेतावनीले थप चिन्ता
नयाँ दिल्ली । मध्यपूर्व एसियामा बढ्दो तनावका कारण भारतसँग अब २५ दिनका लागि मात्र कच्चा तेल र प्रशोधित तेल स्टक बाँकी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
समाचार एजेन्सी एएनआईले भारतको ऊर्जा सुरक्षाबारे सरकारी स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। यद्यपि, सरकारले अहिले तत्काल पेट्रोल–डिजेलको मूल्य नबढाउने जनाएको छ ।
इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरेको छ । साथै इरानी सेनाले यस मार्गबाट कुनै पनि पानीजहाज गएमा त्यसलाई आगो लगाइने चेतावनी दिएको छ । ओमान र इरानको बिचमा अवस्थित यो मार्ग विश्वको तेल व्यवसायका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ ।
होर्मुज मार्ग बन्द हुँदा विश्वका धेरै देशहरूको तेल आपूर्तिमा प्रभाव पर्नेछ, जसमा भारतलगायत एसियाली देशहरूमा सबैभन्दा बढी असर पर्नेछ । यस मार्ग बन्द भएका कारण विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्न सक्छ ।
हाल ब्रेन्ट क्रुडको मूल्य करिब ५ दशमलव ५८५ बढेर प्रतिब्यारेल ८० दशमलव ४१ डलर हाराहारी पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण