अपडेट
चपलीमा भेटिएको कुकरभित्र इट्टाको टुक्रा र सलाईको काँटी
बुधबार, २० फागुन २०८२, ०७ : ३८
सारांश
- बुढानीलकण्ठ नगरपालिका-२ चपलीमा शंकास्पद प्रेसर कुकर फेला परेको थियो।
- सलाईको काँटी र तार जडान गरिएको कुकर नेपाली सेनाले डिस्पोज गर्यो।
- चुनाव बिथोल्न खोज्ने समूहले राखेको हुनसक्ने आशंका गरिएको छ।
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले बेरेर राखिएको कुकरमा इट्टाको टुक्रा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
चुनाव बिथोल्न सक्रिय समूहले कुकुरमा सलाईको काँटी समेत हालेर तार जोडेर छाडेको भेटिएको हो । मध्यराति फेला परेको शङ्कास्पद बस्तु बुधवार बिहान सेनाको चन्दन नाथ गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
चपली स्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शङ्कास्पद बस्तु भेटिए पनि रातभर सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए । अहिले सो क्षेत्रमा आवागमन सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण