सुदूरपश्चिममा निर्वाचनको सम्पूर्ण तयारी पूरा : भोलि १७ लाख बढी मतदाताले मतदान गर्दै
सारांश
- सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा मतदानको सम्पूर्ण तयारी पूरा भएको छ।
- भोलि १७ लाख १६ हजार ६ सय ६० मतदाताले मतदान गर्नेछन्, १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्र छन्।
- अति संवेदनशील सूचीमा ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्र राखिएको छ, सुरक्षा व्यवस्था कडा पारिएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा भोलि (बिहीबार) हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेशभरिका १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्रबाट भोलि १७ लाख १६ हजार ६ सय ६० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन्।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार बिहीबार हुने मतदान कार्यका लागि आवश्यक अन्तिम तयारी सकिएको छ। कार्यालयका प्रमुख प्रेमराज भट्टले प्रदेशका सबै मतदान केन्द्रमा मतदान अधिकृत, कर्मचारी, मतपत्र र मतपेटिका लगायतका सामग्री सुरक्षित रूपमा पुगिसकेको जानकारी दिए।
सुरक्षा संवेदनशीलताका हिसाबले मतदान स्थल र केन्द्रहरूलाई वर्गीकरण गरिएको छ। जसअनुसार ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई ’अति संवेदनशील’ सूचीमा राखिएको छ भने ३९५ मतदान स्थललाई ’संवेदनशील’ मानिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रमुख भट्टका अनुसार आज सबै मतदान स्थलमा बुथ निर्माणको काम भइरहेको छ। अधिकांश स्थानमा बुथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मतदान प्रक्रियालाई सहज र मैत्रीपूर्ण बनाउन महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै लाइन तथा बुथको व्यवस्था गरिएको छ।
निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारीहरू सम्बन्धित स्थानमा पुगिसकेका छन्।
‘हामीले १८ गते नै ९ वटै जिल्लामा खबर गरेका थियौँ। निर्वाचन अधिकारी र मुख्य निर्वाचन अधिकृतहरूसँग निरन्तर सम्पर्क भइरहेको छ। कैलाली जिल्लाको हकमा ६ सय ४१ वटै मतदान अधिकृतहरूसँग फोन सम्पर्क गरी तयारीबारे जानकारी लिएका छौँ।’
यसैगरी, प्रमुख भट्टले मंगलबार कैलाली निर्वाचन क्षेत्र नम्बर ४ र ५ का करिब ४० वटा मतदान केन्द्रको स्थलगत निरीक्षण समेत गरेका थिए। निरीक्षणका क्रममा हिजोदेखि नै तयारी तीव्र पारिएको र आज साँझसम्म सबै काम सकिने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण