बिहीबार निर्वाचन : कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबार प्रतिनिधि सभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने बताएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन् । उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताए ।
उनले लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिएपनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना नरहेको बताए । उनका अनुसार मतदानको दिन बिहीवार वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ ।
उनले मुलुकका पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । वरिष्ठ मौसमविद् पौडेलले भने, ‘अहिले हामीले निर्वाचनको लागि भनेर विशेष बुलेटिन पनि जारी गरिरहेका छौँ । हामी एक हप्ता अगाडिदेखि नै विशेष बुलेटिनको साथै नियमित अपडेट पनि जारी गरिरहेका छौँ । हामीले हेर्दाखेरी निर्वाचनको दिन पानी पर्ने सम्भावना छैन । मतदानको दिन मौसम राम्रो नै रहन्छ । यद्यपि वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । र बादलसँगै तुवाँलो पनि छ यसमा किनभने वर्षा नभएको लामो समय भयो । त्यो तुवाँलो पनि थुप्रिएको छ । त्यसकारण निर्वाचन प्रभावित हुनेगरी वर्षा, भारी वर्षा वा हिमपात त्यस्तो केही सम्भावना छैन । मतदानको दिन राम्रै मौसम हुने देखिन्छ । निर्वाचनको दिनको हकमा सबैतिरको मौसम सफा नै छ । आजको जस्तै बादल लाग्नेजस्तो बदली हुनसक्छ । त्यस्तो बदली भयो भने आत्तिहाल्नु हुदैन । केही ठाउँमा हावा चल्ने हुनसक्छ । त्यसको लागि बुथहरुमा टेन्टहरु अलि बलियो गरी बाध्ने हुनसक्छ । त्यसबाहेक वर्षा हुने र हिमपात हुने कुनै सम्भावना छैन । मौसम सफा नै रहनेछ ।’ आउँदो शनिवारसम्मको सौसम सफा नै रहने पौडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण