डोल्पाको फोतगाउँ मतदानस्थलमा खटिएका ५ जना कर्मचारी बिरामी
सारांश
- डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा मतदान स्थलमा खटिएका ५ कर्मचारी लेक लागेर बिरामी परे।
- गम्भीर बिरामी परेका २ जनालाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगियो, जसमा एक प्रहरी अधिकृत पनि छन्।
- निर्वाचन सुरक्षाका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ, मतपेटिका र कर्मचारीलाई हेलिकप्टरबाट ल्याइनेछ।
डोल्पा । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका—६, फोतगाउँको वडा कार्यालय भवनमा रहेको मतदानस्थलमा खटिएका कर्मचारीहरु बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले ५ जना कर्मचारी लेक लागेर बिरामी परेको रातोपाटीलाई बताए ।
जसमध्ये गम्भीर बिरामी परेका दुई जनालाई हेलिकप्टरबाट रेस्क्यु गरेर जिल्ला अस्पतालमा ल्याइएको उनले बताए । ‘५ मध्ये दुई बाहेक अरूलाई त सामान्य टाउको दुखेको हो,’ उनले भने– ‘एक प्रहरी अधिकृत हो भने बाँकी निर्वाचन अधिकारीहरू हुन् ।’
उनले भने, ‘उचाइमा भएकाले लेक लाग्ने हो, अक्सिजनमा राख्नुपर्ने हुनाले बिस्तारै कुल डाउन भइहाल्छ ।’ उनीहरूका लागि थप मद्दत टोली खटाइसकिएको पनि उनले बताए ।
उनका अनुसार डोल्पामा निर्वाचन सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘मतदान केन्द्रमा प्रहरी टोली हुन्छ, त्यसपछि बाहिरी घेरामा फेरि हाम्रो मोबाइल टोली हुन्छ, प्रत्येक पालिकाको दुइवटा, त्यसपछि सशस्त्र प्रहरीको टोली हुन्छ मोबाइल स्ट्राइकिङ टोली, अनि त्यसपछि नेपाली सेनाको सबै ठाउँमा हुन्छ,’ उनले भने ।
मतपेटिका र खटिएका सबै कर्मचारीलाई हेलिकप्टरबाट नै ल्याउने तयारी भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण