मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सिन्धुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुधबार, २० फागुन २०८२, १५ : ०४
बुधबार, २० फागुन २०८२

सारांश

  • सिन्धुलीको बीपी राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
  • मृत्यु हुने अन्दाजी ३५ वर्षीय व्यक्तिको सनाखत हुन सकेको छैन।
  • दुर्घटना गराउने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीस्थित बीपी राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुधबार मध्यान्ह बा.४ ख ३८९४ नम्बरको बसले ठक्कर दिँदा ज.१० प ९२३ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुने करिब ३५ वर्षीय पुरुष व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले रातोपाटीलाई बताए । 

काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बसका चालक ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ । स्कुटर सिन्धुलीबाट चियाबारीतर्फ जाँदै थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप