नयाँ सर्वोच्च नेता चयनको नजिक इरान
बुधबार, २० फागुन २०८२, १६ : २४
सारांश
- इरानका वरिष्ठ धार्मिक विद्वानले सर्वोच्च नेताको उत्तराधिकारी छनोट प्रक्रियाको अन्तिम चरणमा पुगेको बताए।
- उनले देशको अवस्था युद्धको जस्तै रहेको र छिट्टै नयाँ नेता छनोट गरिने बताए।
- दिवङ्गत नेता खामेनीको छोरा जीवितै रहेको खबर आएको छ।
तेहरान । वरिष्ठ धार्मिक विद्वान आयातोल्ला अहमद खातामीले इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्ला अली खामेनीका उत्तराधिकारी छनोट गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेको बताएका छन् ।
‘सर्वोच्च नेता सम्भव भएसम्म छिट्टै पहिचान गरिनेछ । हामी निष्कर्ष नजिक पुगेका छौँ, तर देशको अवस्था युद्धको अवस्था जस्तै छ ।’
गार्डियन काउन्सिल र विशेषज्ञहरूको सभाका सदस्य खातामीले राज्य टेलिभिजनसँग कुरा गर्दै भने । यसैबिच दिवङ्गत नेता खामेनीको माइलो छोरा जीवित रहेको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण