पर्यटन पत्रकारिता पर्यटन क्षेत्रको अपेक्षित मिशन : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन पत्रकारिता पर्यटन क्षेत्रको अपेक्षित मिशन भएको बताएका छन् ।
नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) को नेतृत्वको कर्णालीको पर्यटन पत्रकारहरुको टोलीको अनुरोधपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले मिशन पर्यटन पत्रकारिता शुरुआत गरेको भन्दै खुशी व्यक्त गरे ।
‘सोचले गन्तव्य निर्धारण गर्दछ, त्यही अनुसारको दृष्टिकोण र योजना बनाएर अघि बढ्नुस्, प्रदेश सरकार सहयोगका लागि तयार छ,’ उनले भने ।
उनले थपे, ‘कर्णालीको पर्यटनले पत्रकारिताले खुशीसँग अर्थ साट्न उत्साहित हुने गरी पर्यटकलाई आकर्षित गर्न सकोस् । यहाँका ढुंगा, जडीबुटी, हिमाललगायतका प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको महत्व विश्वमाझ पु¥याओस् ।’
नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष शर्माले पर्यटनको थुप्रै सम्भावना गर्भमा राखेर बसेको कर्णाली प्रदेशको महत्वलाई प्रकाशमा ल्याउन र त्यसको बजारीकरणमा सहयोग पु¥याउने ध्येयका साथ लागिपरेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण