१० बजे १० समाचार : उत्साहित मतदाता, चुनावले विकास निर्माणमा अवराेध, आगजनीमा संलग्नलाई धमाधम मुद्दा
आज २०८२ फागुन २० गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- उत्साहित मतदाता
सुदूरपश्चिमका मतदाताहरू भोलि हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न उत्साहित देखिएका छन् ।
- निर्वाचन सुरक्षा
प्रतिनिधिसभा सदस्य निर्वाचन हुने अघिल्लो दिन बुधवार देशभर विभिन्न ठाउँमा शङ्कास्पद बस्तु भेटिएको छ।
- विकास निर्माण
यतिबेला आसन्न निर्वाचनका कारण कामदारहरू घर फर्किने र कर्मचारीहरू चुनावमा खटिएका कारण निर्माण कार्यमा केही सुस्तता आएको छ ।
- आगजनीमा संलग्नलाई धमाधम मुद्दा
भदौ २४ को आगजनी र विध्वंशमा संलग्नहरूलाई सरकारले धमाधम उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि पछिल्लो समय जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले धमाधम मुद्दा दर्ता गरेको छ ।
- लोकतन्त्रको जग बसालेको त्यो तीन निर्वाचन, जसले राजतन्त्र निलम्बन गर्यो
तत्कालीन प्रधानमन्त्री कोइरालाले कात्तिक २९ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरे । त्यस निर्वाचनमा ८८ सिट जितेर एमाले पहिलो दल बन्यो । कांग्रेसले ८३ सिटमा चित्त बुझायो । २० सिट जितेर राप्रपा तेस्रो दल बन्यो ।
- राष्ट्रिय सुरक्षा परिषद्को बैठक
राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।
- निर्वाचन आयाेगकाे पत्रकार सम्मेलन
निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेजीमा परेका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
थप
- प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण
ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- छायाङ्कनको लाइनमा छन् फिल्म
निर्माण इजाजत लिनेको सङ्ख्या हेर्दा नेपाली फिल्म उद्योग निकै चलायमान देखिन्छ । तर व्यापारको आँकडा केलाउँदा बक्स अफिसमा सफल हुने फिल्महरूको सङ्ख्या नगण्य देखिन्छ।
- इरान युद्धमा इजरायलको आदेश पालना गर्दै ट्रम्प
अघोषित युद्धहरू अहिले सामान्य भइसकेका छन् । दुःखद के छ भने डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले आफ्ना जनता वा कांग्रेसको अनुमति बगेर नै ‘पूर्व–सतर्कता युद्ध’ जसलाई अर्को शब्दमा ‘आक्रामक युद्ध’ भनिन्छ, त्यसमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण