निर्वाचन सुरक्षा : देशभर १४ ठाउँमा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज
सारांश
- प्रतिनिधिसभा निर्वाचनको अघिल्लो दिन देशभर विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो।
- काठमाडौँको बुढानिलकण्ठ र नागार्जुनमा शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ।
- प्रहरीका अनुसार, देशभर १४ ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो, जुन आतङ्कित पार्ने उद्देश्यले राखिएको थियो।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन हुने अघिल्लो दिन बुधवार देशभर विभिन्न ठाउँमा शङ्कास्पद बस्तु भेटिएको छ । निर्वाचन बिथोल्न खोज्ने समूहले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित चपली र नागार्जुन नगरपालिका वडा नम्बर–२ मा राखेको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।
देशभर १४ ठाउँमा शङ्कास्पद बस्तु भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । सबै शङ्कास्पद वस्तुहरू आतङ्कित पार्ने उद्देश्यले राखिएको ‘होक्स’ रहेको डीआईजी काफ्लेले बताए ।
कोशी प्रदेशको ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा शङ्कास्पद बस्तु फेला परेको थियो । मधेस प्रदेशका पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा शङ्कास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा शङ्कास्पद बस्तु भेटिएको थियो । गण्डकीको बागलुङ र कास्कीमा शङ्कास्पद बस्तु भेटिएको थियो । सबै शङ्कास्पद बस्तु सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण