फिन एलेनको कीर्तिमानी शतक: दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै न्यूजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा
सारांश
- फिन एलेनको कीर्तिमानी शतकको मद्दतले न्यूजिल्याण्ड टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
- न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
- फिन एलेनले ३३ बलमा शतक प्रहार गर्दै टी-२० विश्वकपको इतिहासमा सबैभन्दा छिटो शतक बनाए ।
काठमाडौँ । ओपनर फिन एलेनको विष्फोटक र कीर्तिमानी शतकको मद्दतले न्यूजिल्याण्ड आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बुधबार कोलकाताको इडेन गार्डेनमा भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले उपाधि भिडन्त पक्का गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य न्यूजिल्याण्डले मात्र १२.५ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो । न्यूजिल्याण्डको जितमा नायक बनेका फिन एलेनले क्रिकेट इतिहासकै एक अविष्मरणीय इनिङ्स खेले । उनले मात्र ३३ बलमा शतक प्रहार गर्दै पुरुष टी–२० विश्वकपको इतिहासमा सबैभन्दा छिटो शतक प्रहार गर्ने नयाँ कीर्तिमान कायम गरे ।
लक्ष्य पछ्याउने क्रममा न्यूजिल्याण्डका फिन एलेन र टिम सेफर्टले दक्षिण अफ्रिकी बलरहरूमाथि सुरुदेखि नै दबाब बनाएका थिए । सेफर्टले २८ बलमा आफ्नो अर्धशतक पूरा गरे भने एलेनले मात्र १९ बलमा अर्धशतकको आँकडा छोएका थिए । एलेनले आफ्नो आक्रामक ब्याटिङलाई जारी राख्दै ३३ औँ बलमा शतक प्रहार गरे ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि मध्यम स्कोर भए पनि न्यूजिल्याण्डको आक्रामक ब्याटिङ अगाडि यो योगफल धेरै कम साबित भयो ।
न्यूजिल्याण्डले ४३ बल बाँकी छँदै ९ विकेटको विशाल जित दर्ता गर्यो । यो जितसँगै न्यूजिल्याण्ड फाइनलमा पुग्ने पहिलो टोली बनेको छ भने दक्षिण अफ्रिकाको विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण