हातहतियारको होडबाजीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यो दिवस पहिलो पटक ५ मार्च २०२३ मा औपचारिक रूपमा मनाइएको हो ।
कोभिड–१९ पछिको विश्व परिवेशमा बढ्दो द्वन्द्व, सैन्य खर्चमा वृद्धि तथा आणविक जोखिमका चुनौतीले शान्ति प्रक्रियालाई अझ जटिल बनाएको सन्दर्भमा यस दिवसको महत्व झनै बढेको छ । विज्ञहरूका अनुसार निःशस्त्रीकरण केवल युद्धको अन्त्य मात्र होइन, दिगो शान्तिको आधार पनि हो । यसले मानव सुरक्षा, आर्थिक विकास र सामाजिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास राष्ट्रसङ्घले व्यक्त गरेको छ ।
निःशस्त्रीकरण केवल सैन्य वा राजनीतिक मुद्दा मात्र नभई दिगो विकास, मानव अधिकार र साझा समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । त्यसैले अन्तरराष्ट्रिय सहकार्य र संवादमार्फत मात्र दीर्घकालीन शान्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व समुदायलाई निःशस्त्रीकरणतर्फ ठोस र तत्काल कदम चाल्न आह्वान गरेका छन् । उनले युद्धका लागि होइन, शान्तिका लागि स्रोत र शक्ति परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कूटनीतिक संवाद, आपसी विश्वास र बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण