दार्चुलाको दुई मतदान केन्द्रमा आएनन् मतदाता
बिहीबार, २१ फागुन २०८२, १० : २२
काठमाडौँ । दार्चुला जिल्लाको दुई मतदान केन्द्रमा मतदानका लागि मतदाता आएका छैनन् । दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर ममाध्यामिक विद्यालय र अपि हिमाल गाउँपालिका ३ को दुधिलास्थित झुक्सु मतदान केन्द्रमा मतदाता नआएको दार्चुलाका मूख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।
‘हामी सबै तयारी गरेर बसेका छौँ । सुरक्षा व्यवस्था पनि चुस्त छ । तर यहाँ १० बजेसम्म पनि एकजना पनि मतदाता आएका छैनन्,’ गिरीले रातोपाटीसँग भने ।
उनका अनुसार यहाँका स्थानीयले ‘नो भोट’ भन्दै विरोध गरेको सुन्नमा आए पनि एकिन कारण थाहा छैन । ‘साँझसम्म आउने अपेक्षा गरेका छौँ । ठ्याक्कै यहि कारणले नआएको भन्ने केहि जानकारी आएको छैन,’ गिरीले भने ।
गिरीका अनुसाार गौरीशंकर माविमा ६०२ मतदाता छन् भने झुक्सुमा ३४६ जना मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण