तनहुँमा किरियापुत्रीद्वारा मतदान
बिहीबार, २१ फागुन २०८२, १४ : ४९
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ । तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका छन् । पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफ्ना ८३ वर्षीय बुबाको आज निधन भएको र दाहसंस्कारपश्चात् मतदानमा सहभागी भएको बताए ।
“देशमा सुशासन कायम गर्न र वर्तमान अवस्था परिवर्तनका लागि भएको निर्वाचनमा मेरो एक मतले देश बनाउन सहयोग पुग्छ भनेर मतदानमा सहभागी भएको हुँ । मेरो मत सदुपयोग हुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने । एक भाइ रामकृष्ण वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका छन् । दुई भाइ कृष्ण र ऋषिराम जिल्लाबाहिर रहेका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण