अपडेट
सुदूरपश्चिमका चार क्षेत्रमा गणना जारी, दुई क्षेत्रमा रास्वपाको अग्रता
शुक्रबार, २२ फागुन २०८२, ०४ : ४१
सारांश
- सुदूरपश्चिम प्रदेशका चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ।
- कैलाली-१ र कञ्चनपुर-१ मा शुक्रबार बिहानबाट मतगणना सुरु भएको हो।
- कञ्चनपुरका क्षेत्र नम्बर २ र ३ मा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रमा मतगणना जारी रहेको छ । कैलाली क्षेत्र नम्बर १ र कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको हो ।
कैलाली-१ र कञ्चनपुर-१ मा शुक्रबार बिहानबाट मतगणना सुरु भएको हो भने कञ्चनपुरका अन्य दुई क्षेत्रमा यसअघि नै गणना सुरु भइसकेको थियो ।
कैलाली क्षेत्र नम्बर १ मा शुक्रबार बिहान ४ बजे सर्वदलीय बैठक बसे लगत्तै मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि भर्खरै मतगणना सुरु भएको छ ।
यसअघि मतगणना सुरु भएका कञ्चनपुरका क्षेत्र नम्बर २ र ३ को सुरुवाती नतिजा पनि सार्वजनिक भइसकेको छ । प्राप्त प्रारम्भिक मत परिणामअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण