मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रौतहटमा माधव चौथो, प्युठानमा सूर्य पाँचौँ स्थानमा

शुक्रबार, २२ फागुन २०८२, १३ : ४३
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ, जसमा काठमाडौं-१ र मुस्ताङमा रास्वपा र कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
  • रौतहट-१ मा रास्वपाका राजेश कुमार चौधरीले अग्रता लिइरहेका छन्, जहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा छन्।
  • प्यूठानमा एमाले नेता सूर्य थापा पछाडि परेका छन्, जहाँ रास्वपाका सुशान्त बैदिकले अग्रता लिएका छन्।

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ८० भन्दा बढी निर्वाचन क्षेत्रको मत गणना भइरहँदा २ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । काठमाडौँ– १ र मुस्ताङमा क्रमशः रास्वपा र कांग्रेसका उम्मेदवार निर्वाचित भैसकेका छन् । त्यसबाहेक अन्य निर्वाचन क्षेत्रको मतगणना जारी छ । 

झापा ५, सर्लाही ४ लगायतका निर्वाचन क्षेत्रसहित धेरैजसो क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिइरहेका छन् । यसैक्रममा रौतहट निर्वाचन क्षेत्र नं. १ को मतगणनाको प्रारम्भिक मतगणनाको नतिजा आएको छ । यो क्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले अग्रता लिएका छन् । यहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा छन् । 

रास्वपाका चौधरीले ७०६ मत ल्याउँदा जसपाका योगेन्द्र चौधरी ५६७ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका अजय गुप्ता २८८ मतसहित तेस्रो र चौथो स्थानमा नेकपाका माधवकुमार नेपालले २२० मतसहित चौथो स्थानमा छन् । नेपाल पूर्व प्रधानमन्त्री हुन् । 

यस्तै, नेकपा एमालेका नेता सूर्य थापाको जिल्ला प्यूठानमा पनि मतगणना जारी छ । त्यहाँ अहिलेसम्मको मतगणनामा थापा पाँचौँ स्थानमा छन् । प्राप्त विवरणअनुसार एक हजार ३४७ मत गणना हुँदा थापाले ६९ मत पाएका छन् । यो क्षेत्रमा रास्वपाका सुशान्त बैदिक ५०५ मतसहित अग्रस्थानमा छन् । 

त्यस्तै, कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत पाउँदा राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४, नेकपाका कृष्णध्वज खड्काले १०८ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप