अब जनताले सरकार भएको अनुभूति गर्नेछन् : उपसभापति अर्याल
सारांश
- रास्वपा उपसभापति डोलप्रसाद अर्यालले नागरिकले सरकारको अनुभूति गर्ने बताए।
- उनले सुशासन र भ्रष्टाचार अन्त्य गर्ने जिम्मेवारी रास्वपाको काँधमा आएको बताए।
- अर्यालले रास्वपाको विजय यात्रा सुरु भएको र देशको राजनीतिक दिशा बदल्ने दाबी गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले अब नागरिकले देशमा आफ्नो लागि सरकार छ भन्ने वास्तविक अनुभूति गर्न पाउने बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जु न्यौपाने (दर्शना) लाई बधाई दिँदै उनले मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने ठूलो जिम्मेवारी रास्वपाको काँधमा आएको उल्लेख गरेका हुन्।
देशभर भइरहेको प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा देखिएको उत्साहजनक लहरले जनताको परिवर्तनप्रतिको चाहना स्पष्ट पारेको अर्यालको भनाइ छ। ‘हामी सबै मिलेर यो देशमा समृद्धि ल्याउनुछ र सुशासन कायम गर्नुछ," उनले भने, "जनतालाई डेलिभरी र डेभलपमेन्ट (विकास र सेवा प्रवाह) को महसुस गराउने जिम्मेवारी अब रास्वपामा आउँदैछ।’ अर्यालले वर्षौँदेखि व्याप्त भ्रष्टाचारको जालो तोडेर नयाँ राजनीतिक संस्कार स्थापित गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
निर्वाचनमा रास्वपालाई विश्वास गरेर मतदान गर्ने देशभरका मतदाताप्रति आभार प्रकट गर्दै अर्यालले प्राप्त जनमतलाई कदर गर्दै अघि बढ्ने बताए। काठमाडौँ-१ मा रञ्जुको जितले रास्वपाको विजय यात्रा सुरु भएको र यसले आगामी दिनमा देशको राजनीतिक दिशा नै बदल्ने उनको दाबी छ। जनताको साथ र सहयोगका लागि उनले सबैमा धन्यवाद ज्ञापन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण