मौसम खराबीले उत्तरी गोरखाको मतपेटिका अझै ढुवानी भएन
शुक्रबार, २२ फागुन २०८२, १७ : २०
पोखरा । गोरखाको उत्तरी क्षेत्रको मतपेटिका लिएर उडेको हेलिकोप्टर मौसम खराबीका कारण पोखरामा आकस्मिक अवतरण गरेको छ । चुमनुव्री गाउँपालिका १ साम्दो र खाङसार मतदान केन्द्रको मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर पोखरामा अवतरण गरेको हो ।
खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण हुन नसकेपछि हेलिकप्टर पोखरा आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । यद्यपि, उक्त हेलिकोप्टर अहिले पुनः गोरखा नै फर्किएको छ । उत्तरी गोरखाका २३ मतदान केन्द्रमध्ये पहिलो लटमा ७ वटाको मतपेटिका ढुवानी भइसकेको छ ।
अन्य मतपेटिका ल्याउने क्रममा मौसम खराब भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । ‘१६ केन्द्रको मतपेटिका अझै बाँकी छ । आज मौसम खराब भयो । अब भोलि ढुवानी हुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण