बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

गोपाल शर्माको अग्रता कायमै, जनार्दन शर्मा दोस्रो स्थानमा

शनिबार, २३ फागुन २०८२, ०६ : ५२
शनिबार, २३ फागुन २०८२

सारांश

  • आठबिसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाको मतगणनामा गोपाल शर्माले अग्रता लिएका छन्।
  • शर्माले ७ हजार २७२ मत प्राप्त गर्दा जनार्दन शर्मा ५ हजार १६० मतसहित दोस्रो स्थानमा छन्।
  • नेपाली कांग्रेसका राजु केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका मानवहादुर शाही क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले आफ्नो अग्रतालाई थप बलियो बनाएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कुल २० हजार ७४१ मत गणना भइसकेको छ। जसमध्ये १९ हजार ७५४ मत सदर भएको छ। गणना भएको मतमध्ये गोपाल शर्माले ७ हजार २७२ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेका छन्। उनलाई पछ्याइरहेका प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा ५ हजार १६० मतसहित दोस्रो स्थानमा रहेका छन्।

मुख्य प्रतिस्पर्धी मानिएका गोपाल शर्मा र जनार्दन शर्माबिचको मतान्तर अहिले २ हजार ११२ पुगेको छ। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले ४ हजार ८४२ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मानवहादुर शाही १ हजार २५१ मत ल्याएर चौथो स्थानमा रहेका छन् भने नेकपा एमालेका नन्दराम देवकोटा ६२१ मत मात्रै पाएर निकै पछाडि परेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप