गुल्मी–२ मा पराजित भएपछि गोकर्ण विष्टले दिए गोविन्द पन्थीलाई बधाई, भने– ‘हारले समाज परिवर्तनको यात्रा रोकिँदैन’
गुल्मी । नेकपा एमाले का नेता तथा गुल्मी क्षेत्र नं २ का उम्मेदवार गोकर्ण विष्टले नवनिर्वाचितगोविन्द पन्थीलाई बधाई दिएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै विष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी उम्मेदवार पन्थीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका हुन्।
निर्वाचनमा पराजित भए पनि विष्टले आफू सधैं जनताको साथमा रहने प्रतिबद्धता जनाएका छन्। चुनावी हारलाई स्वभाविक प्रक्रियाको रूपमा लिँदै उनले लेखेका छन्, ूएउटा निर्वाचनको हार वा जीतले समाज परिवर्तनको लामो यात्रालाई खासै फरक पार्दैन। आर्थिक तथा सामाजिक रूपान्तरण, सामाजिक न्याय र राष्ट्र तथा जनताको हितमा अझ दृढतापूर्वक लागिरहनेछु।ू
अपेक्षाकृत नतिजा नआएको भए पनि नेता विष्टले पार्टी पंक्तिलाई विचलित नहुन आग्रह गरेका छन्। उनले सम्पूर्ण कार्यकर्तालाई धैर्यता र उच्च मनोबलका साथ अघि बढिरहन अपिल गरेका छन्।
विष्टले आफ्नो चुनावी अभियानमा अहोरात्र खट्ने सहयोद्धा र सद्भाव राख्ने मतदातालाई धन्यवाद दिएका छन्। साथै, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेल्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूप्रति पनि उनले आभार प्रकट गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण