सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

मोरङ–२ मा फेरि कांग्रेस पराजित, रास्वपाका कार्की निर्वाचित

शनिबार, २३ फागुन २०८२, १८ : ०२
शनिबार, २३ फागुन २०८२

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण कुमार (गणेश) कार्की भारी मतान्तरले निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका हुन्। 

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिलीपकुमार अग्रवाललाई २५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्। एमालेका अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरे।

पूर्वमन्त्री समेत रहेका हेभीवेट नेता डा.रिजाल यस पटक तेस्रो स्थानमा सीमित भएका छन्। उनले केवल १२ हजार ७६४ मत प्राप्त गरेका छन्।यस्तै, चुनावी प्रतिस्पर्धामा रहेका श्रम संस्कृति पार्टीका अबुहो रैरहले १ हजार ८२२ र नेपाली कम्युनिस्ट पार्टीका चन्द्रवीर राईले १ हजार ३६६ मत प्राप्त गरेका छन्।

यसअघि सो क्षेत्रमा कांग्रेसबाट सुजाता कोइराला पनि पराजित भएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप