रौतहट–४ मा रास्वपाका गणेश पौडेल विजयी
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजार ११ मतान्तरले पराजित गर्दै पौडेल विजयी भएका हुन् ।
कुल ७३ हजार ३९७ मतमध्ये पौडेलले ३६ हजार ८७६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत प्राप्त गरेका थिए । त्यस्तै, नेकपाका उम्मेदवार रामकुमार भट्टराईले ९ हजार ७७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामजी साह सोनारले ३ हजार ४७८ मत ल्याएका छन्।
यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमारले १ हजार ६२ मत प्राप्त गरेका छन् । आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले ६५५ मत पाएका छन् भने उज्यालो नेपालका उम्मेदवार तुलसीराज गिरीले ४११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यससँगै रौतहटका चार निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई क्षेत्रमा जित हासिले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण