मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको सङ्केत
शनिबार, २३ फागुन २०८२, २२ : ४३
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि कडा आक्रमणको चेतावनी दिएका छन्।
- ट्रम्पले इरानको व्यवहारका कारण विनाशको खतरा रहेको बताए।
- इरानले अमेरिका र इजरायलसामु आत्मसमर्पण नगर्ने अडान लिएको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’ आक्रमण गरिने चेतावनी दिएका छन् । उनले आवश्यक परे नयाँ लक्ष्यहरूमा आक्रमण गर्न सकिने सङ्केत पनि दिए ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत भने, “आज इरानमाथि अत्यधिक प्रहार गरिनेछ ।” उनले इरानको ‘खराब व्यवहार’ का कारण केही क्षेत्र र समूहहरूलाई पूर्ण विनाश र निश्चय मृत्युको खतरा भइरहेको बताए ।
यसअघि इरानी राष्ट्रपति मसूद पेझेस्कियनले उनको देश कहिल्यै इजरायल र अमेरिकाको सामु आत्मसमर्पण नगर्ने बताएका थिए ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध अभियान सुरु गरेका थिए, र त्यसयता इरानले इजरायल र गल्फका अमेरिकी क्षेत्रहरूलाई क्षेप्यास्त्र तथा ड्रोनमार्फत प्रहार गर्दै आएको छ ।
ट्रम्पले थप लेखे, “इरान अब मध्यपूर्वको धम्की दिने शक्ति होइन । उहाँहरू मध्यपूर्वको हार्ने पक्ष हुन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण