एफए कपः न्युकासललाई हराउँदै म्यानचेस्टर सिटी विजयी
सारांश
- एफए कपमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ३-१ गोलले पराजित गर्यो।
- न्युकासलले सुरुवाती अग्रता लिए पनि सिटीले पुनरागमन गर्दै जित निकाल्यो।
- सिटीका लागि साविन्हो र ओमार मार्मुसले गोल गरे, जसले जित सुनिश्चित गर्यो।
काठमाडौँ । एफए कप अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । न्युकासलको घरेलु मैदानमा भएको उक्त प्रतिस्पर्धामा सिटीले पुनरागमन जित निकाल्न सफल भएको हो ।
खेलको सुरुवाती अग्रता भने न्युकासलले लिएको थियो । खेलको १८ औँ मिनेटमा हार्भी बार्न्सले गोल गर्दै न्युकासललाई १–० को अग्रता दिलाएका थिए । तर, उक्त अग्रतालाई न्युकासलले जोगाउन सकेन ।
खेलको ३९ औँ मिनेटमा साविन्होले गोल गर्दै म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै सिटीले खेलमा पकड बनायो । ओमार मार्मुसले खेलको ४७ औँ मिनेटमा गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्याए ।
त्यस्तै, मार्मुसले नै व्यक्तिगत दोस्रो गोल गर्दै ६५ औँ मिनेटमा सिटीको अग्रता ३–१ बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन र म्यानचेस्टर सिटीले सहज जित दर्ता गर्दै प्रतियोगिताको अर्को चरणमा आफ्नो स्थान सुरक्षित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण