ओखलढुङ्गामा कांग्रेस र रास्वपाबिच कडा प्रतिस्पर्धा, पच्छ्याउँदै नेकपा
ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचनको मत गणनामा ओखलढुङ्गामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेस उम्मेदवार कुमार लुइँटेल र रास्वपा उम्मेदवार विश्वराज पोखरेलबिच १७ मतको मात्रै मतान्तर छ । लुइँटेल १७ मतले अगाडि छन् ।
लुइँटेलले १३ हजार ८५२ मत प्राप्त गरी अग्रस्थानमा रहँदा रास्वपाका उम्मेदवार पोखरेलले १३ हजार ८३५ मत ल्याएर पच्छ्याइरहेका छन् ।
तेस्रोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार १९४ मत ल्याएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ५६६ मत प्राप्त गरेकी छिन्।
त्यहाँ श्रम संस्कृति पार्टीका उद्धव कुमार राईले ३ हजार ७८८ मत, उज्यालो नेपाल पार्टीका किशोरी कार्कीले ९६४ मत, मंगोल नेशनल अर्गनाइजेसनका वजेन्द्र राईले २२३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिकप्रसाद बास्तोलाले १६० मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण