सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अन्तिम परिणाम

ओखलढुङ्गामा रास्वपाका पोखरेल निर्वाचित, कांग्रेसका लुइँटेल ५ मतले पराजित

आइतबार, २४ फागुन २०८२, १० : १७
आइतबार, २४ फागुन २०८२

काठमाडौँ । ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् ।

रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पराजित गर्दै झिनो मतले निर्वाचित भएका हुन् । यद्यपि अन्तिम नतिजा घोषणा भने हुन बाँकी नै रहेको छ । 

पोखरेलले १३ हजार ९५३ मत ल्याएर निर्वाचित हुँदा लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन् । 

तेस्रोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेर चौथो स्थानमा सीमित बनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप