२५ वर्षीय उप्रेती संसदीय यात्रामा
मकवानपुर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका प्रशान्त उप्रेती विजयी भएका छन् । २५ वर्षका उप्रेती कान्छा सांसद बन्ने भएका छन् ।
मकवानपुरको मनहरि गाउँपालिका–७ का स्थानीय उप्रेती रास्वपा वरिष्ठ नेता बालेन शाह मेयर हुँदा सचिवालयमा रहेका थिए । पछि बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री हुँदा उनी स्वकीय सचिव रहेका थिए ।
२०५७ साल जेठ १० गते जन्मेका उप्रेती हाल काठमाडौँ विश्वविद्यालय, शिक्षा संकायमा नेतृत्व तथा व्यवस्थापन विषयमा शिक्षा शास्त्रमा स्नातकोत्तर (एमइडी)मा अध्ययनरत छन् । नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्टबाट ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट उत्तीर्ण गरेका थिए ।
यसअघि उनले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौंबाट व्यवस्थापन विषयमा दश जोड दुई सन् २०१८ मा उत्तीर्ण गरेका थिए । सन् २०१६ मा युनाइटेड सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल, मकवानपुरबाट उत्तीर्ण गरेका थिए ।
मकवानपुर– मा २२ जना उम्मेदवारलाई पछाडि पार्दै उप्रेतीलाई पहिलो संसदीय यात्रामा सफलता मिलेको छ । उक्त निर्वाचनमा मकवानपुर–२ नम्बरमा ९१ हजार २ सय ४१ मत खसेकोमा रास्वपाका उप्रेती ११ हजार २०४ मत अन्तरले विजयी भएका हुन् ।
उप्रेती ३० हजार ५० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार महेश कुमार बर्तौलाले १८ हजार ८४६ मत पाए । नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लवशेर विष्टले १२ हजार ४९२ मत पाए ।
उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतानले ६ हजार २३७ मत पाउँदा श्रम संस्कृति पार्टीका युनेश लामा सिंतानले ९३२ र राप्रपाका रामबहादुर थोकरले ७८५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण