समानुपातिकमा रास्वपाले १९ लाख मत प्राप्त गर्दा अरू दलले कति ल्याए ?
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ, जसमा समानुपातिक तर्फको नतिजा सार्वजनिक भइरहेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत प्राप्त गरेको छ, भने नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ।
- नेकपा एमाले, नेकपा, र राप्रपा लगायतका अन्य दलहरूले पनि मत प्राप्त गरेका छन्, निर्वाचन आयोगको विवरण अनुसार।
काठमाडौँ । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ ।
समानुपातिकतर्फ आइतबार (फागुन २४) दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ लाख ३ हजार १६४ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ६ लाख ४८ हजार ५४९ मत ल्याएको छ । नेकपा एमालेले पाँच लाख ४४ हजार ८ सय ४३ मत ल्याएको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई लाख ५८ हजार ९ सय ४८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख ३९ हजार १ सय २२ मतसहित पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ८३ हजार १ सय २५ मत प्राप्त गरेको छ ।
राष्ट्रिय परिवर्तन पार्टीले ४२ हजार ४ सय ९० मतसहित सातौँ स्थानमा छ । आठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी, नेपालले ४१ हजार ४ सय ३९ मत ल्याएको छ । जनमत पार्टीले २० हजार ८ सय २८ मत ल्याएको छ ।
नेपाल मजदुर किसान पार्टीले १७ हजार ८ सय २६ मत ल्याएको छ । त्यसपछि क्रमशः एकल चिह्न चकिया (जाँतो) १७ हजार ५ सय ७१, राष्ट्रिय जनमोर्चा १३ हजार २७६, राष्ट्र निर्माण दल नेपाल १२ हजार १८० नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ११ हजार ७९८, नेपाल जनता संरक्षण पार्टी ९ हजार २९८, प्रगतिशील लोकतान्त्रिक पार्टी ६ हजार ४३९ मंगोल नेसनल अर्गनाइजेसनको ६ हजार ३८७ मत ल्याएको छ । आयोगका अनुसार समानुपातिक तर्फ हालसम्म ३८ लाख ३४ हजार ४३४ मतगणना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण