कम्युनिस्ट एकीकरण गर्न नेकपा (संयुक्त)को अपिल
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले कम्युनिस्ट आन्दोलनको पुनर्गठनबारे छलफल र एकताको लागि आह्वान गरेको छ।
- पार्टीले रास्वपाको सफलताका लागि बधाई दिँदै लोकतान्त्रिक स्थिरताको कामना गरेको छ।
- कम्युनिस्ट आन्दोलनलाई बचाउन र अगाडि बढाउन देशभरका कम्युनिस्टहरूलाई गम्भीर हुन आह्वान गरेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन, एकीकरण र पुनर्जागरणबारे छलफल चलाउन, सङ्गठित हुन र आवश्यक पहलकदमी लिनका अपिल गरेको छ । आइतबार बसेको उक्त पार्टीको निर्वाचन परिचालन कमिटी, सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जनाएका छन् ।
बैठकपछि भुसालले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक निर्वाचनमा रास्वपाले सफलताका लागि बधाई ज्ञापन गरिएको छ । साथै, लोकतान्त्रिक स्थिरता, मुलुकको स्वाधीनता र जनताको समृद्धिका आकाङ्क्षालाई कार्यान्वयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सफलता मिलोस् भन्ने कामनासमेत गरेको छ ।
‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, एकीकरण र पुनर्जागरणको आवश्यकताबारे आम जनसाधारण तथा कार्यकर्ताको चासो र चिन्ताबारे हामी सबै जानकार छौँ’, नेकपा संयुक्तले भनेको छ, ‘यस परिस्थितिमा कम्युनिस्ट आन्दोलनको गौरवलाई बचाउन र अगाडि बढाउन देशभरिका सबै कम्युनिस्टहरू विशेष रुपले गम्भीर हुन हाम्रो पार्टी आह्वान गर्दछ ।’
त्यसका लागि विगतको वस्तुनिष्ठ समीक्षा गर्न, कमजोरीहरुको खुला खुलस्त आत्मालोचना गर्न र कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन, एकीकरण र पुनर्जागरणबारे छलफल चलाउन, सङ्गठित हुन र आवश्यक पहलकदमी लिनका लागि सम्बन्धित सबैमा हार्दिक अपिल समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण