सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकपः अभिषेक शर्माको विष्फोटक ब्याटिङ, दबाबमा न्युजिल्याण्ड

आइतबार, २४ फागुन २०८२, १९ : ५६
आइतबार, २४ फागुन २०८२

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत जारी फाइनल खेलमा भारतले न्युजिल्याण्डमाथि दबाब बनाएको छ ।

उपाधिका लागि भइरहेको प्रतिस्पर्धामा भारतले पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डलाई ‘पावर प्ले’भित्र दबाबमा राखेको छ । भारतका लागि अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै १८ बलमै अर्धशतक बनाएका छन् ।

‘पावर प्ले’ (पहिलो ६ ओभर) मा भारतले विकेट नगुमाइ ९२ रन बनाएको छ । भारतका लागि प्रारम्भिक ब्याट्सम्यान सन्जु सामसनले ३३ र अभिषेक शर्माले ५१ रन बनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप