अछाम–२ मा बोगटीको ‘कमब्याक’, लिए हारको बदला
धनगढी । अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतगणनाअनुसार उनी ९ हजार ५१८ मत ल्याएर निर्वाचित भएका हुन्।
यसअघि उनी २०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । पाँच वर्ष संघीय संसद्को उनले अनुभव बटुलिसकेका छन्। तर,बोगटी २०७९ सालमा नेपाली कांग्रेसका पुष्पबहादुर शाह सँग पराजित भएका थिए । शाहले २२ हजार ९५४ मत ल्याएर विजयी भए । त्यस बेला बोगटीले १६ हजार १ सय १४ मत ल्याएका थिए।
फागुन २१ गतेको निर्वाचनमा फेरि कांग्रेस र एमालेले यी दुवैलाई आ–आफ्नो दलबाट उम्मेदवार बनायो । २०७९ मा आमनेसामने भएका शाह र बोगटी यो पटक पनि मुख्य प्रतिस्पर्धामा रहे ।
अन्ततः बोगटीले ४७२ मतको अन्तरले चुनाव जिते। शाहले ९ हजार ४६ मत ल्याए। झीनो मतले उनी पराजय भोग्न बाध्य भए । चुनाव जितेका बोगटी ५० वर्षका भए। उनी यो जितले दोस्रो पटक सङ्घीय संसद्मा जाँदैछन्। तीन पटक सङ्घीय संसद्मा जान उनले लगातार चुनाव लडे ।
२०३२ सालमा अछामको मंगलसेन नगरपालिका–३, लाछिमानामा जन्मिएका बोगटी सामान्य किसान परिवारबाट उदाएका नेता हुन्। बुवा स्व. तेज बहादुर बोगटी र आमा स्व. धौली देवी बोगटीका सन्तान रहेका उनको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा छन् ।
स्नातक तह बी.ए सम्मको औपचारिक अध्ययन पूरा गरेका बोगटी कुनै समय व्यापार व्यवसायमा संलग्न थिए। २०७४ सालमा सांसद बनेपछि आफूले व्यापार छोडेर पूर्णकालीन राजनीतिमा होमिएको उनले बताए ।
बोगटीको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनसँगै सुरु भएको हो। अनेरास्ववियु अखिलबाट विद्यार्थी राजनीति सुरु गरेका उनी क्याम्पस कमिटी हुँदै अनेरास्ववियुको जिल्ला सचिव र केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा पुगेका थिए ।
पार्टी राजनीतिमा पनि उनले तल्लो तहदेखि नै सङ्घर्ष गरेको बताए । एमालेको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र जिल्ला सचिवको जिम्मेवारी निर्वाह गरिसकेका बोगटी हाल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य हुन् ।
संसदीय राजनीतिमा यो उनको तेस्रो प्रतिस्पर्धा हो। २०७४ सालमा वाम गठबन्धनका तर्फबाट भारी मतले विजयी भएका उनी २०७९ सालको निर्वाचनमा भने पराजित हुन पुगेका थिए। यस पटक मतदाताले उनलाई पुन विश्वास गर्दै अनुमोदन गरेका छन् ।
बोगटीले आफ्नो आगामी कार्यकालमा विगतका अधुरा कामहरूलाई पूर्णता दिने बताएका छन् । उनले अछाम क्षेत्र नम्बर २ को शिक्षा, स्वास्थ्य र सडक सञ्जालको स्तरोन्नति तथा विस्तार गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।
यस्तै संसद्मा राष्ट्र र राष्ट्रियताको पक्षमा दरो आवाज बुलन्द गर्ने तथा भ्रष्टाचारमुक्त समाज निर्माणमा खबरदारी गर्ने उनको भनाई छ । यसैगरि जनताको आर्थिक अवस्था सुधार गर्न कृषि लगायतका क्षेत्रको विकासमा जोड दिने र जनपक्षीय कानुन निर्माणमा भूमिका खेल्ने, सरकारी कार्यालयहरूबाट जनताले पाउने सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन पहल गर्ने उनले जितपछि रातोपाटीलाई बताए।
‘पहिलो कार्यकालमा सुरु गरेका कतिपय काम अधुरा छन्, तिनलाई पूरा गर्नु मेरो दायित्व हो,’ उनले भने ‘संसद्मा राष्ट्रियताको पक्षमा आवाज उठाउने र जनताको जीवनस्तर उकास्ने काममा म सधैँ क्रियाशील रहनेछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण