सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कास्कीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो

आइतबार, २४ फागुन २०८२, २२ : ५९
आइतबार, २४ फागुन २०८२

सारांश

  • कास्कीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लियो ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले कूल एक लाख १३ हजार ६२८ मत प्राप्त गर्‍यो ।
  • कांग्रेस, एमाले लगायतका अन्य दलले पनि मत प्राप्त गरे ।

गण्डकी । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कास्की जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।

यसअघि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ निर्वाचन जितेको उक्त पार्टी समानुपातिकतर्फ पनि पहिलो बनेको हो । जिल्लामा तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले कूल एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

नेपाली कांग्रेसले २८ हजार ६५६ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले २४ हजार १ सय ९९ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ४ सय ६६ मत, नेपाली कम्युनिस्ट पार्टीले पाँच हजार ७ सय ६३ मत, श्रम संस्कृति पार्टीले तीन हजार ५ सय ६४ मत र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार ७२ मत प्राप्त गरेको छ ।

जिल्लामा कूल तीन लाख नौ हजार ५६३ मतदाता रहेकोमा एक लाख ९१ हजार ४२५ मत खसेको थियो । त्यसमध्ये सदर मत एक लाख ८६ हजार ७२४ र बदर मत चार हजार ६९८ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप