बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
टी-२० विश्वकप

भारत लगातार दोस्रो पटक विश्व विजेता

आइतबार, २४ फागुन २०८२, २२ : ५९
आइतबार, २४ फागुन २०८२

सारांश

  • भारतले टी-२० विश्वकप २०२६ को उपाधि जितेर लगातार दोस्रो पटक विश्व विजेता बन्यो।
  • फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्यो, जसमा सञ्जु सामसनले ८९ रन बनाए।
  • न्युजिल्यान्ड १५९ रनमा समेटियो, टिम सेइफर्ट र मिचेल सान्टनरले राम्रो खेले पनि जित दिलाउन सकेनन्।

काठमाडौँ। भारतले टी–२० विश्वकप २०२६ को उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक विश्व विजेताको ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आइतबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।

अहमदाबादमा टस जितेर हारेर पहिले ब्याटिङको  निम्ता पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल खडा गरेको थियो । भारतका लागि सञ्जु सामसनले विस्फोटक ब्याटिङ गर्दै मात्र ४६ बलमा ८९ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, इशान किशनले २५ बलमा ५४ रन र अभिषेक शर्माले २१ बलमा ५२ रनको अर्धशतकीय योगदान दिएपछि भारतले न्युजिल्यान्डसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

२५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा समेटियो । न्युजिल्यान्डका लागि टिम सेइफर्टले २६ बलमा ५२ रन र मिचेल सान्टनरले ३५ बलमा ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ड्यारेल मिचेलले १७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यसअघि सन् २०२२ मा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतले यसपटक न्युजिल्यान्डलाई पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । यस जीतसँगै भारत टी–२० क्रिकेटको इतिहासमा लगातार दुई पटक विश्वकप जित्ने पहिलो राष्ट्र बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप