इरान युद्ध अन्त्यको निर्णय नेतन्याहुसँग मिलेर गरिनेछः ट्रम्प
वासिङ्टन डीसी । इरानविरुद्ध जारी युद्ध कहिले अन्त्य गर्ने भन्ने निर्णय आफू र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुबिचको साझा सहमतिमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । इजरायली पत्रिका टाइम्स अफ इजरायलका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्तामा बोल्दै आफू र नेतान्याहुबिच लगातार छलफल भइरहेको बताएका हुन् ।
‘हामी कुराकानी गरिरहेका छौंँ। सही समयमा हामी निर्णय लिन्छौँ,’ ट्रम्पले भने । अन्तर्वार्तामा ट्रम्पलाई यदि अमेरिका आक्रमण रोक्ने निर्णयमा पुग्यो भने इजरायलले इरानविरुद्धको युद्ध एक्लै जारी राख्न सक्छ कि सक्दैन भन्ने प्रश्न गरिएको थियो ।
यसको सम्भावनाबारे टिप्पणी गर्न ट्रम्पले अस्वीकार गरेका छन् । उनले यस्तो अवस्था आउने सम्भावना नै कम रहेको संकेत गर्दै भने, ‘मलाई लाग्दैन त्यस्तो आवश्यक पर्नेछ ।’
यसैबिच इरानमा नयाँ सर्वाेच्च नेताका रूपमा स्वर्गिय नेता आयतुल्ला अली खामेनीका माइला छोरा मोज्तबा खामेनीलाई छानिएको छ । सर्वाेच्च नेतामा मोज्तबाको चयनको विषयमा पनि ट्रम्पले प्रत्यक्ष प्रतिक्रिया दिन चाहेनन् ।
‘के हुन्छ हेर्दै जाऔँ ।’ छोटो प्रतिक्रिया दिँदै उनले भने । तर ट्रम्पले यसअघि भने मोज्तबा खामेनेईको सम्भावित नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए । ‘खामेनीका छोरा मेरो लागि स्वीकार्य छैनन्,’ उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण