यी हुन् एमालेले प्रत्यक्षतर्फ जितेका ९ निर्वाचन क्षेत्र
सारांश
- प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) ले प्रत्यक्षतर्फ ९ स्थानमा जित हासिल गरेको छ।
- बाँके, इलाम, दार्चुला, बझाङ, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, दैलेख र अछाममा एमालेका उम्मेदवार विजयी भए।
- एमालेले १६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको प्रतिस्पर्धामा ९ सिट जितेको छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम नतिजाअनुसार नेकपा (एमाले) देशभरका ९ निर्वाचन क्षेत्रमा विजयी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एमालेका उम्मेदवारहरूले १६५ मध्ये प्रत्यक्ष तर्फ ९ स्थानमा जित हात पारेका हुन् ।
एमालेका तर्फबाट बाँके क्षेत्र नं २ मा मोहम्मद इस्तियाक राईले २४ हजार ६ सय २८ मत प्राप्त गरी जित सुनिश्चित गरेका छन् ।
यस्तै, इलाम क्षेत्र नं. २ मा सुहाङ नेम्वाङले २२ हजार ४ सय २६ मतका साथ विरासत जोगाउँदै जित हासिल गर्दा सुदूरपश्चिमका जिल्लाहरूमा पनि एमालेले महत्त्वपूर्ण सफलता पाएको छ, जहाँ दार्चुला क्षेत्र नं. १ बाट गणेश सिंह ठगुन्ना १८ हजार ८ सय ९१ मत र बझाङ क्षेत्र नं. १ बाट ऐन बहादुर महर १८ हजार ५ सय ४३ मतसहित निर्वाचित भएका छन् । पूर्वी पहाडकै धनकुटा क्षेत्र नं. १ मा राजेन्द्र कुमार राईले १८ हजार १ सय ३२ मत र सङ्खुवासभा क्षेत्र नं. १ मा अर्जुन कुमार कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गरी विजयी भएका छन् ।
अन्य विजयी क्षेत्रहरूमध्ये ताप्लेजुङ क्षेत्र नं. १ बाट क्षितिज थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् । त्यस्तै, दैलेख क्षेत्र नं. २ बाट १३ हजार ८ सय ८९ मतसहित लक्ष्मी प्रसाद पोखरेल र अछाम क्षेत्र नं. २ बाट ९ हजार ५ सय १८ मत प्राप्त गरी यज्ञ बहादुर बोगटी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यससँगै १६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको प्रतिस्पर्धामा एमालेले ९ सिट जित हात पार्दै तेस्रो स्थानमा चित्त बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण