म्याग्दीमा रास्वपा बन्यो समानुपातिकतर्फ पहिलो दल
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीमा समानुपातिकतर्फको निर्वाचनमा १९ हजार ९५७ मत ल्याएर पहिलो दल बनेको छ।
- नेकपा एमाले दोस्रो, नेपाली कांग्रेस तेस्रो र नेकपा चौथो स्थानमा रहेका छन् भने अन्य दलले पनि मत प्राप्त गरेका छन्।
- रास्वपाका युवराज रोकाले उम्मेदवारी निष्क्रिय पारे पनि १ हजार ५३० मत प्राप्त गरे।
बागलुङ । प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुनलाई सघाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) म्याग्दीमा समानुपातिकतर्फ पहिलो दल बनेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो ।
नेकपा एमालेले ९ हजार ४ सय ५७, नेपाली कांंग्रेसले ७ हजार ५ सय ९४, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ४ हजार १६२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले दिएको जानकारी दिए ।
श्रम संस्कृति पार्टीले १ हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८४४, राष्ट्रिय मुक्ति पार्टीले ७६२ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १७७, नेशनल रिपब्लिक नेपाल १३०, नेपाल जनता संरक्षण पार्टी ८३, राष्ट्रिय जनमोर्चा ७५, पिपुल फष्र्ट पार्टी ७२, प्रगतिशील लोकतान्त्रिक पार्टी ६२, जनमत पार्टी ५५, संयुक्त नागरिक पार्टी ५३, मंगोल नेशनल अर्गनाइजेशन, ५०, राष्ट्रिय परिवर्तन पार्टी ४५, सार्वभौम नागरिक पार्टी ४३ र राष्ट्रिय गौरव पार्टी ४२ मत पाएका छन् ।
कुल मतदाता ८८ हजार दुई सय ९८ रहेकोमा समानुपातिक तर्फ ४७ हजार ६ सय १६ मत खसेको मध्य एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मत मतगणना भएको थियो । प्रत्यक्षतर्फ महावीरले २२ हजार ८५० मत पाएर विजयी भएका थिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महाविर पुनलाई सघाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी निष्क्रय पारेको थियो । रास्वपाबाट युवराज रोका उम्मेदवार थिए । उनको उम्मेदवारी निष्क्रिय पारे पनि १ हजार ५३० मत पाएका छन् ।
रोकाले फागुन ९ गते नै उम्मेदवारी निष्क्रिय पारेर महावीरलाई सघाएको घोषणा गरेका थिए । उम्मेदवारी निष्क्रिय पारेका रोकाभन्दा अन्य सात उम्मेदवारले उनीले भन्दा धेरै कम मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण