प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता सुरु
बुधबार, २७ फागुन २०८२, २० : २८
म्याग्दी । यहाँको बेनी नगरपालिका–८ मा आजदेखि रु एक लाख बढी पुरस्कार राशिको प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
युनाइटेड क्लबको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिका प्रमुख सुरत केसीले उद्घाटन गरे । ११ समूह सहभागी प्रतियोगितामा विजेता र उपविजेतालाई ट्रफी, मेडलसहित नगद रु एक लाख ११ हजार १११ र रु ५५ हजार ५५५ नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अनिष गौचनले जानकारी दिए ।
विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिने उनले बताए। विधागत उत्कृष्ट खेलाडीलाई नगद रु दुई हजारका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष गौचनले बताए।--
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
-
माछाखोला जलविद्युत् आयोजना निर्माण गरिँदै
-
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण