बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर

बिहीबार, ०४ असार २०८३, १६ : ४१
बिहीबार, ०४ असार २०८३

सारांश

  • गुगलको जेमिनी एआई मोडेल विकासका सह-लिडर नोआम शाजिरले गुगल छोडेर ओपनएआईमा आबद्ध हुने घोषणा गरेका छन् ।
  • शाजिरले सामाजिक सञ्जाल एक्समार्फत आफू ओपनएआईमा जान लागेको जानकारी दिएका हुन् ।
  • उनी एआई क्षेत्रको ऐतिहासिक अनुसन्धानपत्र 'अटेन्सन इज अल यू निड' का सह-लेखक हुन् जसले ट्रान्सफर्मर प्रविधिको आधार तयार गरेको थियो ।

सान फ्रान्सिस्को । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रका चर्चित अनुसन्धानकर्ता तथा गुगलको जेमिनी एआई मोडेल विकासका को–लिड नोआम शाजिरले गुगल छोडेर च्याटजिपिटी निर्माता ओपनएआईमा आबद्ध हुने घोषणा गरेका छन् ।

गुगलमा इन्जिनियरिङ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका शाजिरले बुधबार सामाजिक सञ्जाल एक्समार्फत आफू ओपनएआईमा जान लागेको जानकारी दिएका हुन् । उनको यो निर्णय एआई क्षेत्रमा प्रतिभाशाली जनशक्तिका लागि तीव्र प्रतिस्पर्धा भइरहेका बेला आएको हो । विश्वका प्रमुख एआई कम्पनीहरू अत्याधुनिक मोडेल विकासको दौडमा रहेकाले अनुभवी अनुसन्धानकर्ता तथा इन्जिनियरहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

शाजिरको बहिर्गमनलाई आश्चर्यजनक मानिएको छ । गूगलले दुई वर्षभन्दा कम समयअघि मात्रै उनलाई कम्पनीमा फर्काएको थियो । यसका लगि कम्पनीलै ठूलै रकम चुकाएको थियो । उनी एआई स्टार्टअप क्यारेक्टरडटएआईका संस्थापकहरूमध्ये एक थिए । सन २०२४ मा गुगलले उनलाई जेमिनी एआई मोडेलको विकास नेतृत्व गर्न नियुक्त गरेको थियो । विश्लेषकहरूका अनुसार च्याटजिपिटीसँगको प्रतिस्पर्धामा जेमिनीलाई अगाडि बढाउन शाजिरको भूमिका महत्वपूर्ण थियो ।

‘गुगलको उत्कृष्ट टोलीसँग मिलेर निर्माण गरेका उपलब्धिप्रति म अत्यन्त गर्व गर्छु। अब ओपनएआईमा नयाँ यात्रा सुरु गर्न उत्साहित छु,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् । गुगलले पनि एक विज्ञप्तिमार्फत शाजिरले कम्पनीमा पु‍र्याएको योगदानप्रति आभार व्यक्त गरेको छ । नोआम शाजिर सन २००० मा गुगलमा आबद्ध भएका थिए । उनी सन २०१७ मा प्रकाशित एआई क्षेत्रको ऐतिहासिक अनुसन्धानपत्र ‘अटेन्सन इज अल यू निड’ का सह–लेखकमध्ये एक हुन् ।

उक्त अनुसन्धानले ट्रान्सफर्मर प्रविधिको आधार तयार गरेको थियो, जसले पछि च्याटजिपिटी, जेमिनी, क्लाउड तथा अन्य आधुनिक एआई प्रणालीहरूको विकासलाई सम्भव बनायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप