ढोरपाटनमा फैलिएको दादुरा महामारी नियन्त्रणमा
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । उक्त दादुरा नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।
सङ्घ, प्रदेशबाट गएका स्वास्थ्यकर्मी तथा स्थानीय तहका स्वास्थ्यकर्मीको पहलमा दादुरा नियन्त्रणमा आएको उनले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उक्त नगरपालिकाको ७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमित पुष्टि भएको छ । उनका अनुसार हाल नगरपालिकामा ७४ शङ्कास्पद बिरामी छन्।
१४ नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो । अहिले बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ढोरपाटन नगरपालिकामा दादुराविरुद्धको विशेष खोप अभियान यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ।
नगरपालिकाभित्र विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप सञ्चालन गरिने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
-
माछाखोला जलविद्युत् आयोजना निर्माण गरिँदै
-
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण