बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

बिहीबार, २८ फागुन २०८२, ०३ : ५७
बिहीबार, २८ फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशमा समानुपातिकतर्फ पाँच लाखभन्दा बढी मत ल्याएको छ।
  • नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ र एमालेले एक लाख ५२ हजार ५८७ मत पाए।
  • अन्य दलहरूले पनि समानुपातिकतर्फ मत प्राप्त गरेका छन्।

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

सूचना अधिकारी न्यौपानेका अनुसार प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल पाँच लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ मत प्राप्त गरेको छ । नेकपा ९एमाले०ले एक लाख ५२ हजार ५८७ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ५५६ मत र श्रम संस्कृति पार्टीले १८ हजार ९९ मत प्राप्त गरेको छ ।

प्रदेशमा राष्ट्रिय जनमोर्चाले सात हजार ७७०, राष्ट्रिय परिवर्तन पार्टीले तीन हजार २२६, मङ्गल नेसनल अर्गनाजेसनले दुई हजार ८५५, प्रगतिशील लोकतान्त्रिक पार्टीले दुई हजार ५४८, नेपाली जनता संरक्षण पार्टीले एक हजार ९४९, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले एक हजार ४१९, नेपाल कम्युनिस्ट पार्टी माओवादीले एक हजार ३७८, नेसनल रिपब्लिक नेपालले एक हजार ३४४ र जनमत पार्टीले एक हजार २११ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप