पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।
- पाठकले नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता मिलाउन ७८ लाख घुस लिएको आरोप लागेको थियो, जसकारण उनले राजीनामा दिए।
- विशेष अदालतले पाठक र न्यौपानेलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको थियो, तर अख्तियारले सजाय कम भएको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको हो।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
नेपाल इन्जिनियरिङ कलेजभित्रै अनियमितता मिलाउन भन्दै ७८ लाख घुस लिएको विषय बाहिर आएपछि महाअभियोगको डरले पाठकले राजीनामा दिएका थिए । घुस लिएर काम नभएपछि रकम लगानी गरेको समूहले घुस लेनदेनबारे कुराकानी र छलफल गरेको अडियो र भिडियो सार्वजनिक गरेको थियो ।
कलेजको अनियमितता मिलाउन एक करोड ६० लाख रुपैयाँको घुस डिल भए पनि सुरुमा पेस्की स्वरूप दुई चरणमा न्यौपानेले ७८ लाख रुपैयाँ घुस दिएका थिए । उक्त रकम पाठकसमक्ष पुर्याउने समूहले नै पछि अख्तियारमा अडियो सहितको प्रमाण पेस गरेको थियो ।
७८ लाख रुपैयाँ घुस खाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा चलेको थियो । विशेष अदालतले दुवै जनालाई ३–३ वर्ष कैद र ३९ लाख रुपैयाँका दरले जरिवाना तोकेको थियो ।
आयुक्त पाठकमाथि थप ३ महिना कैद सजाय भएको थियो । विशेषले उनीहरूलाई भ्रष्टाचारको प्रयास गरेको आरोपमा दोषी ठहर गरी आधा मात्रै सजाय गरेपछि अख्तियार पुनरावेदनका लागि सर्वोच्च गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण