मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिप र मोटरसाइकल ठोक्किँदा ज्यान गुमाएका दुई जनाको सनाखत

बिहीबार, २८ फागुन २०८२, १५ : ५९
बिहीबार, २८ फागुन २०८२

कैलाली । कञ्चनपुरमा जिप र मोटरसाइकल बिहीबार एक आपसमा ठोक्किँदा ज्यान गुमाएका दुई जनाको सनाखत भएको छ ।

मृतकमा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बस्ने ४१ वर्षीय राम लुहार र पछाडि सवार ४३ वर्षीय दान सिंह धामी रहेको प्रदेश प्रहरी कार्यालय अत्तरिया प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए ।

उनकाअनुसार दुवै मृतक सवार म २ प ३५०६ को मोटरसाइकललाई  पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिपले ठक्कर दिएको थियो ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । जिप चालक पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने २२ वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप