सशस्त्र प्रहरी बलमा भर्ना भएका निर्वाचन प्रहरीको बिदाइ
बिहीबार, २८ फागुन २०८२, १७ : ०८
सारांश
- सशस्त्र प्रहरीले निर्वाचनमा खटिएका १५,११० जना प्रहरीलाई बिदाइ गरेको छ।
- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका लागि उनीहरूलाई परिचालन गरिएको थियो।
- निर्वाचन प्रहरीलाई विपद् सम्बन्धी २ दिने अनुशिक्षण दिइएको छ।
काठमाडौँ । सशस्त्र प्रहरीमा भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको छ । बिहीबार १५ हजार १ सय १० जना निर्वाचन प्रहरीलाई बिदाइ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सशस्त्रले १५ हजार १ सय १० जना निर्वाचन प्रहरीलाई सुरक्षामा परिचालन गरेको थियो । उनीहरूलाई विभिन्न निर्वाचन क्षेत्रहरूमा निर्वाचन अवधिभर सशस्त्र प्रहरी कर्मचारीहरूसँगै परिचालन गरिएको थियो ।
सशस्त्रले निर्वाचन पछि निर्वाचन प्रहरीहरूको लागि विपद् सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बलले सुरु गरेको विपद् सूचक तयार गर्ने क्रममा निर्वाचन प्रहरीलाई पनि अनुशिक्षण दिएर सूचकको सूचीमा आबद्ध गरिएको डीएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण