गुजरात टाइटन्सको ब्याटिङ प्रशिक्षकमा म्याथ्यू हेडन नियुक्त
सारांश
- गुजरात टाइटन्सले आईपीएल २०२६ को सिजनको लागि ब्याटिङ लाइनअप सुधार्न म्याथ्यू हेडनलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ।
- हेडनले ब्याटिङमा नयाँ मानक सेट गर्ने र गुजरातका खेलाडीहरूलाई आक्रामक क्रिकेट खेल्न प्रेरित गर्ने बताएका छन्।
- म्याथ्यू हेडनको आगमनसँगै म्याथ्यू वेडको गुजरातको कोचिङ स्टाफबाट बिदाइ हुने सम्भावना बढेको छ।
गुजरात । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को नयाँ सिजन सुरु हुनुअघि गुजरात टाइटन्सले आफ्नो टिमको ब्याटिङ लाइनअप सुधार्न ठुलो परिवर्तन गरेको छ। फ्रान्चाइजीले मंगलबार अस्ट्रेलियाका पूर्व आक्रामक ओपनर तथा दुई पटकका विश्वकप विजेता म्याथ्यू हेडनलाई टिमको नयाँ ब्याटिङ प्रशिक्षक नियुक्त गरेको हो।
गुजरातले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत हेडनलाई भित्र्याएको पुष्टि गर्दै नयाँ सिजनका लागि टोलीको ब्याटिङ रणनीति तयार गर्ने जिम्मेवारी सुम्पेको छ। गुजरात टाइटन्सका क्रिकेट निर्देशक विक्रम सोलंकीले हेडनको आगमन टिमका लागि टर्निङ पोइन्ट हुने विश्वास व्यक्त गरेका छन्।
उनले हेडनसँगको अन्तर्राष्ट्रिय अनुभव र युवा खेलाडीहरूलाई निखार्ने विशेष क्षमताले गुजरातको ब्याटिङ युनिटलाई नयाँ उचाइमा पुर्याउने बताए। सोलंकीका अनुसार हेडनको उपस्थितिले आगामी सिजनमा टाइटन्सलाई मैदानमा छुट्टै पहिचान बनाउन र विपक्षी टोलीमाथि दबाब बढाउन मद्दत पुग्नेछ।
नयाँ जिम्मेवारी सम्हालेपछि हेडनले आफ्नो लक्ष्य ब्याटिङमा नयाँ मानक सेट गर्नु रहेको स्पष्ट पारेका छन्। राम्रो ब्याटिङले विपक्षीलाई दबाबमा राख्ने भए पनि ब्याटिङले पूरै खेलमाथि कब्जा जमाउने उनको तर्क छ। टी-२० क्रिकेटको माग अनुसार पावरप्लेमा प्रभुत्व जमाउने र आक्रामक क्रिकेट खेल्ने आफ्नो पुरानो शैलीलाई उनी गुजरातका खेलाडीहरूमा हस्तान्तरण गर्न चाहन्छन्।
हेडनको आगमनसँगै गुजरातको प्रशिक्षक टोलीमा अर्को ठूलो हेरफेरको संकेत मिलेको छ। अस्ट्रेलियाकै पूर्व विकेटकिपर म्याथ्यू वेड यसपटक गुजरातको कोचिङ स्टाफमा नरहने चर्चा चलेको छ। यद्यपि फ्रान्चाइजीले वेडको विषयमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन, तर हेडनको नियुक्तिका कारण वेडको बिदाइ लगभग निश्चित मानिएको छ।
म्याथ्यू हेडनको क्रिकेट करियर निकै प्रभावशाली छ। उनले अस्ट्रेलियाका लागि २७३ अन्तर्राष्ट्रिय खेल खेल्दै १५ हजारभन्दा बढी रन बनाएका छन्। उनीसँग आईपीएलको पनि पुरानो अनुभव छ, जहाँ उनले चेन्नई सुपर किंग्सका लागि ३२ खेल खेल्दै लिगको सुरुवाती चमक बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण