शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त

शुक्रबार, २९ फागुन २०८२, १३ : ५७
शुक्रबार, २९ फागुन २०८२

काठमाडौँ । स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नियुक्त भएपछि शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रम राखिएको छ । 

यसअघि उनले बिहीबार सातदोबाटोस्थित अएन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र प्राप्त गरेका थिए । 

अब उनले यसअघि राजीनामा दिएका अस्ट्रेलियन म्याट रोसको स्थान लिनेछन् । म्याट रोसले कात्तिकमा राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप